चितवन— चितवनमा बिरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी धमाधम सङ्क्रमित हुन थालेका छन्।

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भैसकेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना संक्रमित भएका छन्।

त्यसैगरी बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरी ७ जनामा पनि कोरोना पुष्टि भएको ढकालको भनाई छ।

सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखलाई समेत सङ्क्रमण देखिएको छ।

चितवनमा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भइरहेको छ। ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय