एजेन्सी— इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्ससँग राजस्थान रोयल्स ७ विकेटले पराजित भएको छ ।

दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।

मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१६ रन बनाउँदा कप्तान रोहित शर्मा भने १४ रन बनाएर बाहिरिएका थिए ।

राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए भने मुस्तफिजुर रहमानले एक विकेट हात पारे । यसअघि ब्याटिङमा राजस्थानका लागि कप्तान सञ्जु सामसनले ४२, जोस बटलरले ४१, शिवम दुवेले ३५ र यशस्वी जैसवालले ३२ रन बनाए ।

मुम्बईका लागि राहुल चहरले दुई तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले एक/एक विकेट लिए । जितसँगै मुम्बई इन्डियन्सले अंक तालिकामा चौथो स्थानमा कायम छ । ६ खेलबाट तीन जित र तीन पराजयका साथ उसले ६ अंक नै हासिल गरेको हो । ६ खेल सकिँदा राजस्थान भने दुई जित र चार पराजयका साथ सातौं नम्बरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय