महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिकाले नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को कारण सिर्जना हुन गएको संकटलाई दृष्टिगत गर्दै नगरपालिकाले विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितीमा हुने भनिएका पूर्व निर्धारित परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

मंगलवार नगरपालिका शिक्षा समितिको बैठकले विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने निर्णय भएको बर्दिवास नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए ।

समुदायस्तरमा कोरोना भाइरसको त्रास बढेपछि नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र संचालन गर्ने उनले बताए ।

यता, मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय