ढल्केवर-धनुषामा प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा धनुषाको सबैला नगरपालिका-२ का ३७ वर्षिय मुकेश पुर्वेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पुर्वेले इलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरीलाई जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै घुस दिन खोजेका थिए । पक्राउ परेका पूर्वे जुवातास खेलाउने व्यवसायी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थकुमार कार्कीले बताए ।

प्रहरी निरिक्षक कार्कीका अनुसार जुवातास खेलाउन दिनु भनी प्रहरीलाई घुस दिन खोजेपछि पुर्वेलाई ढल्केवरको एक होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका पुर्वेमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय