महोत्तरी- वेश्यावृत्ति गराएकाे आरोपमा महोत्तरीको बर्दिबासस्थित एक होटेल सञ्चालक पक्राउ परेका छन । बर्दिबास– १ स्थित देउराली होटेल एन्ड लजका सञ्चालक तिलबहादुर थापालाई  वेश्यावृत्ति गरेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।

पक्राउपछि  महोत्तरी जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दासमेत दर्ता भएको छ  ।

होटेलमा छापा मार्न पुगेको प्रहरीले हाेटेलमा  दुईजना युवतीसमेत फेला पारेको थियो । उनीहरूलाई परिवारको जिम्मामा छोडिएको डिएसपी विष्टले बताए । बर्दिबासका अन्य विभिन्न होटेलहरूमा समेत देहव्यापार चलिरहेको सूचनासमेत रहेको र प्रहरीले त्यस्तो क्रियाकलापमाथि निगरानी राखिरहेको उनले बताए ।

विगतमा महोत्तरी सदरमुकाम जलेश्वरका होटेलहरुमा यौन धन्दा हुने गरेकोमा महोत्तरीका तत्कालीन एसपी श्यामकृष्ण अधिकारीको अगुवाइमा होटेलहरूमा कडाइ गरिएपछि त्यस्तो क्रियाकलाप रोकिएको थियो ।

साभारः नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय