एजेन्सी- भारतको उत्तर प्रदेशमा बलात्कारपछि गर्भवती बनेकी एक किशोरीको गर्भावस्था सम्बन्धी समस्याका कारण मृत्यु भएको छ।

१५ वर्षकी किशोरी ७ महिनाको गर्भवती थिइन्। प्रहरीका अनुसार गत शनिबार अस्पताल भर्ना गरिएकी उनको बिहीबार मृत्यु भएको हो।

पीटीआइका अनुसार संक्रमणका कारण ती किशोरीको मृत्यु भएको छ।

ती किशोरीकी परिवारका अनुसार गतवर्षको जुन महिनामा एक ३० वर्षका व्यक्तिले किशोरीमाथि बलात्कार गरेका थिए।

डिसेम्बर ६ मा मात्र किशोरी गर्भवती भएको थाहा पाएको उनको पिताको भनाइ छ। किशोरीलाई डर र धम्की दिएर ती व्यक्तिले बलात्कार गरेका थिए।

गर्भवती भएपछि मात्र बलात्कारको घटना खुलेको थियो। तत्काल उजुरी परेपछि अहिले अभियुक्त जेलमा छन्।

गर्भपतका लागि परिवारले अस्पतालसँग आग्रह गरेको थियो। तर गर्भवती भएको धेरै समय भइसकेकाले र प्रहरीमा मुद्दा परेकाले गर्भपतन गर्न अस्वीकार गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय