काठमाडौं- नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८  पुगेको छ भने अहिलेसम्म २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८७० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ७५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय