जनकपुरधाम- सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ ।

त्रेतायुगमा भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न उक्त सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा यसरी माटो लगिने परम्परा छ ।

मिथिलाको विधिअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङको सारी, चोलोलगायत नयाँ कपड़ा पहि¥याई उक्त सागरमा नुहाउने गरिन्छ । मटकोरमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी सान्दर्भिक गीतलाई लोकभाकामा गाउने परम्परा छ । मटकोर सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय