काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय