काठमाडौं- बारामा चोरीका मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् ।

बिहीबार बिहान बाराको निजगढ नगरपालिका ९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराकै निजगढ ७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् ।

उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा६८प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय