मुम्बई- अभिनेत्री तथा कमेडियन कुष्णा अभिषेकी पत्नी कश्मीरा शाह पछिल्लो समय चर्चामा छिन् । उनी अहिले फरक अन्दाजको तस्बिर सार्वजनिक गरेको कारण चर्चामा छाएकी हुन् । उनले अहिले आफ्नो तौल समेत करिव १० किलो घटाएकी छिन् ।

हालै उनले इस्टाग्राम मार्फत केही तस्बिर शेयर गरेकी थिइन् । जसमा उनी पहिले झै फिट देखिएकी छन् ।  तस्बिरमा उनले हट एण्ड फिट बडी समेत प्रस्तुत गरेकी छन् ।

लुक्सको कुरा गर्ने हो भने उनले निलो बिकनीका साथमा मल्टी कलरको कोटमा देखिएकी छन् । ओठमा ब्राउन लिपिस्टिक लगाएकी उनी निकै आकर्षक देखिन्छिन् ।

उनले यो हट पोज स्वीमिङ पुलको किनारमा उभिएर दिएकी हुन् । तस्बिरका साथ उनले क्याप्सन लेखेकी छन् ‘परिवर्तनको सुरुवात आफुबाटै गर्नुस् । यदि तपाईं परिवर्तन चाहानु हुन्छ, भने पहिले आफूमा परिवर्तन ल्याउनुस् ।’

यस अगाडि कश्मीराले कालो पहिरनमा फोटोसुट गराएकी थिइन् । कश्मिराको तस्बिर उनका पती कृष्णाले पनि शेयर गरेका छन् । तस्बिका साथ उनले लेखेका छन् ‘जब तपाईलाई घरमै बिरयानी खान मिल्छ, भने बाहिर गएर दाल मखनी कस्ले खान्छ ?’ मलाई तिमी प्रति गर्ब छ है कश्मिरा । तिमीले आफ्नो हट अन्दाज फेरि फिर्ता ल्याएकोमा ।’

कामको कुरो गर्ने हो भने कश्मीरा पछिल्लो समय फिल्म क्षेत्र भन्दा बाहिर छिन् । तर, उनी इभेन्ट तथा पार्टीमा देखिने गर्दछिन् । उनी कृष्णा काम गर्ने ‘द कपिल शर्मा शो’मा समेत पुगेकी थिइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय