ढल्केवर- धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने भएको छ ।

ढल्केवरस्थित रहेको श्री प्रतिभा युवा क्लवको आयोजनामा आगामी कात्तिक २८ गते ढल्केवरचौकमा मगही साहित्य साँझ कार्यक्रम गर्न लागिएको हो ।

कविता, गजल, गीत, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए । कार्यक्रम मगही भाषाको उत्थान, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए । अभियन्ता मगहीका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि सुरू हुने छ ।

कार्यक्रममा आफ्नो प्रस्तुती दिन ईच्छुक कालाकालहरुले कात्तिक २६ गतेभित्र नाम दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी कालाकारहरुलाई स-सम्मान पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय