धनुषा- जिल्लाको मिथिला नगरपालिका वडा नं ३ हरिहरपुरमा अनाथ आश्रम निर्माण सुरु भएको छ ।

मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो र कबिर बाल आश्रम जनकपुरको सञ्चालक सन्त सत्यनारायण आलोकले कबिर बाल आश्रम जनकपुरको शाखा निर्माणका लागि शिलान्यास गरेका छन ।

आउँ सबै मिलि समाज निर्माणका लागि एक कदम अगाडी बढौं, आफ्नो जीवनको सार्थकता बनाऔँ भन्ने मूलनाराका साथ आश्रम निर्माण सुरु गरेको सन्त आलोकले जानकारी दिए ।

जनकपुरधाम नगरीको राजा जनक रुपी बाबा सन्त सत्यनारायण आलोक साहेबको कार्य सफल तुल्याउन आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने मेयर महतोले बताए ।

बालबालिका एवम समाज उत्थानका लागि हरिहरपुरको लताम बारीमा कबिर बाल आश्रमको शाखाको रुपमा निर्माण सुरु गरिएको हो ।

निर्माण सुरु गरिएको आश्रममा सक्दो सहयोग गर्न बाबा आलोकले आग्रह समेत गरेका छन ।

साभारः खोजकेन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय