सिरहा- सिरहाबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

धनगढीमाई नगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय बुद्धबहादुर तामाङलाई १० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

को.९ प. २१९५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई धनगढीमाई नगरपालिका-१४ भालुटार सखुवाचौरीबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको टोलीले पक्राउ गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

गाँजासहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय