१९२ रनको विजय लक्ष्य पछ्याएको राजस्थानलाई कोलकाताका बलरहरुले खुलेर खेल्नै दिएनन् । ओपनर रोबिन उथप्पा ६ रन बनाएर आउट भए । उनी पेट कम्सिनको बलिङमा कमलेश नगरकोटीको हातबाट क्याच आउट भए ।
बेन स्टोक्सलाई पनि पेट कमिन्सले १८ रनमा आउट गरे । उनी दिनेश कार्तिकको हातबाट क्याच आउट भए ।
स्टिभ स्मिथ पनि कमिन्सकै शिकार बने । उनी चार रनमा आउट भए ।
सन्जु सामसनले १ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यानभन्दा जोस बटलर केही खुलेर खेल्न खोज्दै थिए । तर उनी पनि वरुण चक्रवर्तीको बलिङ र कमिन्सको क्याचबाट आउट भए । उनले २२ बलमा ३५ रन बनाए ।
रियान परागलाई कमिन्सले खाता नै खोल्न दिएनन् । यसैगरी राहुल तिवटियाले २७ बलमा ३१ रन बनाए । श्रेयस गोपाल २३ रनमा नटआउट रहे । जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।