काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राती भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । १७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो ।

चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे ।

१९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो । कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए । जडेजाले ११ बलमा ३१ रन योगदान गरे ।

बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए ।

बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए ।

कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ५४ रन खर्चिए । सबैभन्दा किफायती बलर नितिश राणा रहे । एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय