काठमाडौं- नेपालमा थप २२ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२५ संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या  एक लाख ५५ हजार २३३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ८ हजार ३३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८  प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय