यसअघि टस जितेर पहिले ब्याटिङ सुरु गरेको दिल्लीले शिखर धवनको शतक मद्दतमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । धवनले ६१ बल सामना गर्दा १०६ रन बनाए । उनले १२ चौका र ३ छक्का प्रहार गरे । आईपीएलको जारी सिजनमा धवनको यो लगातार दोस्रो शतक हो । धवनले चेन्नाई सुपरकिंग्सविरुद्ध पनि नटआउट १०१ रन बनाएर दिल्लीलाई जिताएका थिए ।
उनी जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरको दोस्रो नम्बरमा आइपुगेका छन् । उनले हालसम्म ४६५ रन बनाइसकेका छन् । पन्जाबका कप्तान केएल राहुल ५४० रनसहित पहिलो नम्बरमा छन् ।
पन्जाबविरुद्धको खेलमा दिल्लीका ओपनर पृथ्वी शा ७ रनमा आउट हुँदा श्रेयस अय्यर र ऋषभ पन्तले १४–१४ रन बनाए ।
पन्जाबका लागि मोहम्मद शामी सबैभन्दा सफल बलर बने । उनले २८ रन खर्चिएर दुई विकेट लिए । ग्लेन म्याक्सवेल, जेम्श निशम र मुरुगन आश्विनले एक–एक विकेट लिए ।
साभारः अनलाइनखबर