काठमाडौं- नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका हुन् ।

योसंगै देशभर कोरोना संक्रमितको संख्या संख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय