काठमाडौं- नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ संक्रमित थपिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६८० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

यसअघि बिहीबार मात्रै चार हजार ३६४ कोरोना संक्रमित थपिएका थिए भने दुई हजार ६७५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय