जनकपुरधाम- नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् ।

उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

साभारः अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय