दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो ।
म्याचको एक समय मुम्बई हार्लाजस्तो देखिएको थियो । टिमको १५ ओभरमा ४ विकेट गुम्दा ११२ रन थियो । मम्बईलाई जितका लागि ९० रन चाहिएको थियो । किरोन पोलार्ड १० र इशान किशन ६१ रन बनाएर क्रिजमा टिकीरहेका थिए । यहीँबाट दुवैले खेलमा बदलाव ल्याए । अन्तमा ५ ओभरमा ८९ रन बनाएपछि खेल बराबरी भयो ।
पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाए । दुवैले पाँचौं विकेटका लागि ११९ रनको पार्टनरसिप गरेका थिए ।
सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।
आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।
साभारः अनलाइनखबर