रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आक्रमण भएको छ । शुक्रबार बेलुकी भएको आक्रमणमा परि महेशको पत्नी जगरनिया देवीको मृत्यु भएको छ भने उनी आफै गम्भीर घाइते भएका छन् ।

बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूबीच पुरानो रिसइबी थियो । घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् ।

पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए ।

उनका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय