जनकपुरधाम- शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ ।

जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय