काठमाडौं- शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ ।

भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’

जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।

गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो ।

नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।

साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय