काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७३ महिला र  ४०८ पुरुष गरी ५८१ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ६४ दशमलव २ प्रतिशत रहेको छ । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय