बारा- आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका १३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको जनायो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय