काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा धनुषाकी एक वृद्ध महिलासहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

उनका अनुसार कोरोनाको संक्रमणबाट महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिला, अछाम रामारोशन गाउँपालिका-५ का १८ वर्षीय पुरुष र मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश अनुसार मृत्यु हुनेको संख्या  प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र  ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिम प्रदेशमा ५ पुरुष र तीन महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय