एजेन्सी- कोरोना भाइरस संक्रमण भएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनका छोरा अभिजीत मुखर्जीले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले पिताको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन् ।

दुई दिनअघि मात्रै पूर्व राष्ट्रपति मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो । सोही समयमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

दिल्लीस्थित आर्मी अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय