जनकपुरधाम- कोभिड विशेष अस्पताल जनकपुरको आइशोलेसनमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ८ गते ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको गएराति मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भटराईले जानकारी दिए ।

उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो ।

प्रजिअ भटराईका अनुसार उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको छ । शव व्यवस्थापनपछि कन्टयाक्ट ट्रेसिंग समेत थालिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय