काठमाडौं- सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे ।

तर काठमाडाै‌ं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै गएकाे भन्दै भदाै मसान्तसम्म नै नखाेल्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिए । सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदाै १ देखि ती क्षेत्र सूचारु गर्ने निर्णय गरेकाे थियाे । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको थियाे ।

पछिल्लो समय काठमाडौं उपत्यका, वीरगञ्ज, बिराटनगर लगायतका ठूला शहरमा कोरोना संक्रमण तीब्र बढिरहेकाे छ । साभारः नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय