अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो ।

सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए ।

मृत्युदण्डको सजाय पाएका अभियुक्तले विषको इन्जेक्सन लगाएर सजाय दिनु अमानवीय भएको तर्क प्रस्तुत गरेका थिए ।

तर सर्वोच्च अदालतले ५–४ को विभाजित मतले पूर्व नियोजित कार्यक्रम अनुरुप अपराधीलाई सजाय दिन सक्छ ।
गत वर्ष ट्रम्प प्रशासनले संघीय सरकार पुनः मृत्युदण्डको सजाय लागू गर्ने जानकारी दिएका थिए ।
मंगलबार बिहान लुइस लीलाई इन्डियानाको टेरे हटमा विषको इन्जेक्सन दिइएको हो ।
लुइस लीका शिकार बनेका मानिसहरुको परिवारले सजाय रोक्न माग गरेका थिए किनभने कोरोनाभाइरसका कारण उनीहरु यो घटना देख्न सकिरहेका थिएनन् ।
८१ वर्षकी इयरलीन पिटरसनकी छोरी, ज्वाईं र नातीको ४७ वर्षीय लीले हत्या गरेका थिए । पिटरसनले उनलाई जन्मकैद होस् भन्ने चाहना राखेकी थिइन् । अपराधमा लीलाई साथ दिने अभियुक्तलाई आजीवन कारावासको सजाय दिइएको छ ।
संघीय र प्रान्तीय सजाय – फरक के छ ?
अमेरिकाको न्याय व्यवस्था अनुरुप अपराधिमाथि राष्ट्रिय स्तरमा संघीय अदालत वा प्रान्तीय अदालतमा मुद्दा चलाइन्छ ।
नक्कली नोट वा चोरी डकैतीजस्ता मुद्दा स्वतः संघीय अदालतमा जान्छन् वा ती मुद्दा जसमा संघीय सरकारको पक्ष हुन्छ त्यो संघीय अदालतमा नै चल्छन् । यसबाहेक अपराधको गम्भीरतालाई मध्यनजर गर्दै मुद्दालाई संघीय अदालतमा पठाउन सकिन्छ ।
संवैधानिक उल्लंघनसँग जोडिएका मामिला पनि संघीय अदालतमा नै जान्छन् । सन् १९७२ मा अमेरिकाको सर्वोच्च अदालतले एक निर्णयमा मृत्युदण्डको सजाय गैर कानूनी भएको र यससँग जोडिएका सबै कानूनलाई अवैध घोषित गरेको थियो । साथै मृत्युदण्ड पाएका सबै मानिसहरुको सजाय रद्द गरेको थियो ।
सन् १९७६ मा सर्वोच्च अदालतले प्रान्तमा पुनः मृत्युदण्डको सजाय लागू गर्ने अनुमती दियो र सन् १९८८ मा संघीय अदालतलाई पनि मृत्युदण्डको सजाय दिने अनुमति दिइयो ।
सन् १९८८ देखि २०१८ का बीच् अमेरिकामा संघीय स्तरमा ७८ अपराधीलाई मृत्युदण्डको सजाय सुनाइयो । यीमध्ये तीनजनालाई मात्रै सजाय दिइएको छ । अहिले पनि ६६ जनालाई मृत्युदण्ड दिनै बाँकी छ ।
लीपछि अब चाँडै नै थप तीन अपराधीलाई मृत्युदण्ड दिने निश्चित छ । यी सबैले नाबालिगकको हत्या गरेका छन् ।
बलात्कार र हत्याको आरोपमा सन् २००३ मा मृत्युदण्डको सजाय पाउने वेस्ली इरा पर्कीलाई बुधबार मृत्युदण्ड दिइनेछ ।
पाँच व्यक्तिको हत्याका दोषी डस्टिन ली होंकेनलाई सन् २००४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनलाई शुक्रबार विषको इन्जेक्सन लगाइनेछ ।
सन् २००१ मा १० वर्षकी बालिकाको बलात्कारपछि हत्याका दोषी कोथी ड्वेन नील्सनलाई अर्को महिना मृत्युदण्ड दिइने सम्भावना छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय