३० असार, काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले थप ३ पदक जितेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले थप २ रजत र १ कांस्य जितेका छन् ।
प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८ देखि ३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५ देखि १७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् ।

योसहित प्रतियोगितामा एनटीएका खेलाडीले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३-१४ वर्ष र आयुश बोहराले १५-१७ वर्षमा रजत जितेका थिए । १०-१२ वर्षमा भिजन तामाङ र यू-९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय