document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2515;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहरको कारण राजधानी पेरिसमा एक महिना लकडाउनको घोषणा गरिएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ ।
फ्रान्सका प्रधानमन्त्री जीन केस्टेस्कले अहिलेको लकडाउन पहिलेको जस्तै कडा खालको नहुने बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ३५ हजार जना नयाँ संक्रमित फेला परेका छन् । प्रधानमन्त्रीका अनुसार देशमा कोरोनाभाइरसको तेस्रो लहर तीव्ररूपमा अघि बढिरहेको छ ।
स्वास्थ्यमन्त्री ओलिभर वेरनका अनुसार पेरिसमा स्थिति निकै खराब बन्दै गइरहेको छ । त्यहाँ १२ सयभन्दा बढी आईसीयूमा भर्ना भएका छन् । गत वर्षको नोभेम्बरमा योभन्दा आधा संख्यामा मात्र बिरामी भर्ना भएका थिए ।









